Advertisement
SKIP THIS
प्रधानमन्त्री ओली धनगढीमा: राजीनामा माग्दै बालियो टायर

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै धनगढीमा टायर बालिएको छ।

नेकपा विभाजनपछि शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर वि’रोध जनाएका हुन।

प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक टायर बाल्दै अनेरास्ववियूका कार्यकर्ता योगेश बमले भनेका छन्,।

‘जुन संसद विघटन गरेका छन् त्यसैका सांसद बोकेर सुदूरपश्चिम आउँदा लाज लागेन प्रधानमन्त्री ज्यू। हजारौं सहिदले रग’त बगाएर र अरबौ रकम खर्चेर बनाइएको संविधानविरुद पाइला टेग्दा उहाँले तुरुन्त राजीनामा दिनुपर्छ।’

प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।

 

तपाईको प्रतिक्रिया