Advertisement
SKIP THIS
बजेट पेश नभएपछि बान्नीगढी जयगढ गाउँपालीकालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

अछाम:समयमै बजेट पेश नभएपछि अछामको बान्नीगढी जयगढ गाउँपालीकालाई मन्त्रालयले सोधेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) मा आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्नुपर्ने ब्यावस्था भएको तर बान्नीगढी गाउँपालीकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति कार्यक्रम र बजेट समयमा पेश नभएको भनी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्पष्टीकरण सोधेको हो ।

कानूनी व्यवस्था तथा मन्त्रालयबाट समन्वय एवं सहजीकरण हुँदाहुँदै पनि हालसम्म आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गरेको नदेखिएकोले हाल बजेट तर्जुमा प्रकृया कुन चरणमा रहेको छ ? के कस्ता कारणबाट तोकिएको समयावधिभित्रै वार्षिक बजेट सभामा पेश गर्न नसकिएको हो ? सो को लागि मन्त्रालयबाट सहजीकरण गर्नुपर्ने केही विषय भए सो समेत खुलाई पत्र प्राप्त भएको मितिले ३ (तीन) दिनभित्र पठाइदिनुहुन साथै, असार मसान्तभित्र बजेट पारित गर्ने सुनिश्चितताका लागि तहाँ स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत उपलब्ध गराउन माननिय मन्त्री प्रतिभा रावलको निर्णय असार १६ गतेको निर्णयानुसार मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

यस्तै मन्त्रालयले बजेट पेस नगर्ने आठराई गाउँपालिका, तेह्रथुम,छथरजोरपाटी गाउँपालिका, धनकुटा,धोविनी गाउँपालिका, पर्सा,छिपहरमाई गाउँपालिका, पर्सा राक्सिराङ गाउँपालिका, मकवानपुर,कोटहीमाई गाउँपालिका, रूपन्देही सुद्धोधन गाउँपालिका, कपिलवस्तु,मायादेवी गाउँपालिका, कपिलवस्तु,कालिमाटी गाउँपालिका, सल्यान,मुड्केचुला गाउँपालिका, डोल्पा,,मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक गरुढा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, रौतहट,सुखीपुर नगरपालिका, सिरहा,जलेश्वर नगरपालिका, महोत्तरी,कमला नगरपालिका, विदेह नगरपालिका, धनुषा ,बागलुङ नगरपालिका, बागलुङ ,टिकापुर नगरपालिका, कैलाली,धरान उपमहानगरपालिका, सुनसरी,धनुषा जनकपुरधाम उपमहानगरपालिका, धनुषालाई समेत स्पष्टीकरण माग गरेको छ ।

तपाईको प्रतिक्रिया