Advertisement
SKIP THIS
टेलिकमको टावर निर्माणका लागि हेलिकप्टरबाट सामाग्री बडिमालिका ढुवानी गरि सकियो

अछाम:नेपाल टेलिकमले बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा फोज जि सहितको टावर निर्माणका लागि सामाग्री बडिमालिका क्षेत्रमा पुर्याएको छ।

टेलिकमले नेपाली सेनाको हेलिकप्टरबाट सामाग्री अछामको साँफेबगर बिमानस्थलहुँदै बडिमालिका पुर्याएको हो।केही दिन अघि बडिमालिकामा मौसम खराबी भएपछि धनगढीबाट अछामको साँफेबगरमा सामाग्री ढुवानी गरेको थियोे ।

बडिमालिकामा मौसम खुलेपछि मंगलबार बडिकालिकाको लौरीबिनायक सम्म सम्पूर्ण सामग्री ढुवानी गरेको नेपाल टेलिकम अछामका प्रमुख राजेन्द्र जोशिले बताए ।हाल टावरका सामाग्रीहरु सो क्षेत्रमा दुवानि गरेपनि जडान कार्यभने सञ्चालन भएको छैन

तपाईको प्रतिक्रिया