अछाम:अछाम यातायात प्रालिको नयाँ कार्यसमिति चयन भएको छ।शनिबार मंगलसेनमा भएको अधिबेशनबाट १३ सदस्यीय कार्यसमिति चयन भएको छ। प्रालिको अध्यक्षमा पुनः झंकर प्रशाद भाट चयन भएका हुदाँ उपाध्यक्षमा जीवन प्रशाद खनाल र मान बहादुर बुढा चयन भएका छन।
यस्तै महासचिवमा नृप बहादुर साउद,सचिवमा भरत बहादुर बिश्वकर्मा र कोषाध्यक्षमा टंक कुँवर चयन भएका हुन।सदस्यमा रबिन्द्र बटाला,भक्त मगराति,रतन प्रशाद बिश्वकर्मा,बेद प्रशाद ढुंगाना,भिम प्रशाद भाट र ललित बहादुर बोगटी चयन भएका हुन।










