तारामान खड्का अछाम:न्याय हेल्थ नेपाल नामको गैरसरकारी र नेपाल सरकारको सहकार्य सञ्चालिन देशकै नमुना बयालपाटा अस्पताल दातृ निकायले सहयोग कटौति गरेपछि आर्थीक संकट झेलिरहेको छ । सुदूरपश्चिमका अछाम, बाजुरा, डोटी र कर्णालीका दैलेख, कालिकोट, जुम्लाका जनताले सेवा लिने गरेको अछामको बयालपाटा अस्पताल प्रदेश सरकारले बजेट यस विनियोजन गरेको बजेमा उपेक्षा गरेको छ ।
बिगतका वर्षहरुमा ७ देखि ९ करोड दिदै आएको प्रदेश सरकाले आगामी वर्षका लागि ५० लाख मात्रै विनियोजन गरिएको छ । बिगत ४ बर्षमा सबै दलका ३ दर्जन बढी नेताहरु अस्पताल पुगेका छन ।नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेल ,सचिव योगेश भट्टराई देखि सुदूरपश्चिमका मुख्य मन्त्री कलम शाह सम्मले बयालपाटा अस्पताल निरीक्षण गरेका छन। भने अछाम १ बाट निर्वाचन समाजबादीका नेता पुर्व मन्त्री शेर बहादुर कुँवर देखि पटकपटक अछामबाट निर्वाचित पुुर्व उपप्रधानमन्त्री मन्त्री भिम रावल त छिमेकी गाउँका हुन। गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जहा निर्वाचन प्रसारका लागि पुगे त्यहाँ अस्पतालकै नाम सबै दलले लिने गरेका थिए । प्रतिनिधि सभा सदस्य समाजवादी शेर बहादुर कुँवर ,अछाम १ प्रदेश ‘क’ बाट निर्वाचित कांग्रेसका मेघराज खड्का र ‘ख’ बाट निर्वाचित झपट साउँद हुन । झपट साउद त प्रदेशको सामाजिक बिकास मन्त्री छन उनकै मातहतका रहेको अस्पताले गतबर्ष भएको सम्झौता अनुसार बजेटनै पाएन।
अछाम आएभने राजनिती नेतृत्व बयालपाटा अस्पताल निरिक्षण गर्छन र भन्छन अस्पताललाई बजेट कमि हुन दिदैनौ तर उनिहरु अछामबाट गएपछि बयालपाटा अस्पताल नै बिर्सनेगरेका छन।अस्पतालाई सरकारले आवश्यक बजेट बिनीयोजन नगरे जस्तो सुकै आन्दोलन गर्न तयार रहेको नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति लाल बहादुर कुँवरले बताए ।
अस्पताललाई सुदूर पश्चीम सरकाले आफ्नो मातहतमा लिएपछि प्रदेश सरकार लाचार बनिरहेको छ । बजेट आउने बेला अस्पताल प्रशासन बजेटका लागी मन्त्री र सांसदलाई भेट्न धनगढी गईरहेका हुन्छन ।
हालका मुख्यमन्त्री कमल बहादुर शाहले अस्पताल निरिक्षण गरे र भने अस्पतालाई बजेट अभाव हुन दिदैनौं तर उनि पनि र्बिसेका बयालपाटाबाट अस्पताललाई चुनावि नारा बनाएर अछाम १ प्रदेश ख बाट बिजयी भएका झपट साउद अहिले सामाजिक बिकास मन्त्रि छन। निवार्चन क्षेत्रकै माननिय मन्त्री हुदाँ पनि अस्तालको बजेट कटौति हुन दुखदायी भएको नेकपा एमाले नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवरले बताए ।
हाडजोर्नीका लागि भरपर्दो मानिने बयलपाटा अस्पतालले वर्षमा ७ सय गम्भीर प्रकृतिका र ७ हजारभन्दा बढी सामान्य अपरेसन गर्ने गरेको छ । अस्पतालका अनुसार एकै वर्षमा एक लाखभन्दा धेरैको निःशुल्क उपचार गरिरहेको छ ।यतिमात्र होइन, नागरिकको घरदैलोमा पुगेर ३ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ।
प्रदेश सरकारले बजेट कटौति गरपछि चौतर्फी आलोचना भएपछि प्रदेशका मुख्यमन्त्री शाहले प्राबिधीक कारणले बजेटमा समाबेश नभएको तर बिगतका बर्षमा बिनियोजित हुने जति बजेट बिनियोज गर्ने बताए ।
दुर्गम क्षेत्रका नागरिलाई १ रुपैया पनि नलिएर उपचार गर्ने अस्पताललाई बिगतमा दिदै आएको बजेट कटौति गर्नु प्रदेश सरकारले गरिव नागरिकको स्वास्थ्य माथी खेलबाड गर्नु हो । निवार्चन क्षेत्रकै सामाजिक बिकास मन्त्री हुनु अस्पतालमा बढी सेवा लिने क्षेत्रबाट आर्थीक मामिला मन्त्री हुदाँ समेत अस्पतालले बिगतमा पाउदै आएको बजेट पनि कटौतीमा पर्नु उनिहरुकै नियतमाथी प्रश्न उठेको छ । आखिर राजनिती कस्का लागी ? केका लागी ?