अछाम:अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले खनालको धनुषा जिल्लामा सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार उनको स्थानमा प्रहरी नायब उपरीक्षक पविन्द्र बम अछाम प्रहरी प्रमुखका रूपमा आउने भएका छन् । बम हाल प्रहरी प्रधान कार्यालयमा नक्सालमा कार्यरत छन्।
डीएसपी खनालले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएका थिए ।










