Advertisement
SKIP THIS
अछाममा सञ्चालन भएको मुटुरोग सम्बन्धी शिविरबाट ८ सय ६२ बढीले सेवा लिए

अछाम :अछाम जिल्लाको सदरमुकाम स्थीत जिल्ला अस्पताल मंगलसेनमा संचालन गरीएको मुटुरोग सम्बन्धी २ दिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सहिद गंगालाल राष्टीय हृदयरोग केन्द्र काठमाण्डौं र स्वास्थ्य कार्यालय अछामको आयोजना तथा जिल्ला अस्पताल अछामको सहयोगमा सम्पन्न शिविर यहि बैशाख ३० र ३१ गते संचालन भएको थियोे ।

२ दिन संञ्चालन भएको शिविरमा ८ सय ६२ जनाले सेवा लिएका छन । शिविरको पहिलो दिन ५ सय ५ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ३ सय ५७ जनाले सेवा लिएका छन । स्वास्थ्य परिक्षण गराएका मध्ये १५ जनामा मुटु सम्बन्धि गम्भिर समस्या देखिएको छ ।

गम्भिर समस्या भएका विरामीहरुलाई थप उपचारका लागि काठमाण्डौ प्रेषण गरिएको र उनिहरुको निशुल्क उपचार गरिने जनाइएको छ । सिविरमा सबै सेवाग्रहीलाई निशुल्क औषधी समेत वितरण गरीएको थियो ।

शिविर २ दिन पुरै सञ्चालन हुने भनेपनि दोस्रो दिन केही समयमात्रै सिविर सञ्चालन भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

तपाईको प्रतिक्रिया