निराकरण खबर अछाम :नेपालकै पहिलो तथा अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्यृ दावी हस्तान्तण गरेको छ । कम्पनीले बान्नीगढी जयगढ गाउँपालिका १पचाङाका बीमित स्वर्गिय पुर्ण बहादुर शाहकी श्रीमती निर्मला शाही (शाह) १ लाख ५० हजार रुपैयाको मृत्यृ दावी रकम भुक्तानी गरेको हो ।
स्व.शाहकै गाउँमै गएर कम्पनीका शाखा प्रमुख दिपक बहादुर खडका , अभिकर्ता नन्दा बोहरा , राम बहादुर थापाद्वारा हस्तान्तण गरिएको छ। स्व. शाहले यस कम्पनीमा १ लाख ५० हजारको बिमा गरि ५ किस्ता तिरेका थिए ।
२०७८ फागुनमा एक्कासी हृदयगातका कारण मृत्यु भएको थियो । स्व.शाहका परिवारलाई कम्पनीको नियम अनुसार पाउने सुबिधा अन्तरगत अहिले बिमाक रकम बराबर १ लाख ५० हजार तुरुन्तै हस्तान्तरण तथा बाकी बर्ष किस्ता मिनाह भै अवधी समाप्तीमा पुन एक बिमाक तथा बोनस गरी ३ लाख पुन प्रदान गरिने कार्यलय प्रमुख दिपक बहादुर खड्काले बताए ।