Advertisement
SKIP THIS
सुजंग अस्पतालमा थप विषेशज्ञ सेवा सुरु

डोटी:सुजंग अस्पताल राजपुरले थप नया सेवा विस्तार गरेको छ ।

अस्तलामा थप विशेषज्ञ सेवामा एपेन्डीसाइटीस, हाइड्रोसिल, हर्नीया, वावासीर, पाइल्स, सरीरमा भएका गाठागुठी र मासु पलायकाको उपचार हुने अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारी दिए।

अस्पतालमा इण्डोस्कोपी सेवा समेत सुचारु भएको वलायर बताए । नयाँ विषेशज्ञ सेवा प्रदान गर्न आउनु भएका एमडि सर्जन डा.राजिव ढकालको स्वागत कार्यक्रममा उक्त सेवाको वारेमा जानकारी दिइएको हो ।

कार्यक्रममा वोल्दै एमडि सर्जन डा.राजिव ढकालले सर्जन सम्बन्धिका विरामीहरुले भारत तथा काठमाण्डौमा गएर उपचार गराउनु पर्ने वाध्यतामा कमी आउने र त्यसको उपचार सहज र सरल तरिकाले सुजंग अस्पतालमा गरिने बताए ।

सुजंग अस्पतालले विगत लामो समय देखी महिला रोग विषेशज्ञ द्धारा महिला सम्बनिधका रोगहरुको स्वास्थ्य उपचार सेवामा सफलता पुर्वक उपचार तथा काम गरि रहेको छ ।

तपाईको प्रतिक्रिया