Advertisement
SKIP THIS
आसन्न स्थानीय तहको निर्वाचन, १९ देशसँग सहयोग माग्दा एउटाले समेत सहयोग गरेन

काठमाडौ:निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको लागि दातृराष्ट्र र निकायबाट  सहयोग नपाउने भएको छ। 

आयोगले अर्थ मन्त्रालयमार्फत १९ मुलुकसँग सहयोग माग गरे कुनै पनि मुलुकले सहयोग गर्ने ईच्छा जाहेर नगरेका हुन ।
अघिल्ला हरेक निर्वाचनमा दातृनिकायले नेपाल सरकारलाई विभिन्न वस्तु तथा सेवा दिएर सहयोग गर्दै आएका थिए।

अघिल्लो निर्वाचनमा पनि भारत, चीत, यूएनडीपीलगायतका राष्ट्र र निकायले स्थानीय तहको निर्वाचनका लागि गाडीलगायत आवश्यक सामग्री सहयोग गरेका थिए। 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दातृनिकायसँग सहयोग माग गरे पनि तत्काल दिन नसकिने बताएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया