कल्पना वोहरा, अछाम: राज्यबाट ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ । तर भत्ताको व्यावस्था भने अहिलेसम्म गर्न भने सकेको छैन ।
सामाजिक सरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार पूर्ण अपाङ्गता भएका ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका र अति अशक्त अपाङ्गता भएका ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका व्यक्तिले मात्र सामाजिक सरक्षा भत्ता पाउँदै आएका छन् ।
तर शारीरिक रुपमा अपाङ्गता भएका ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्ति भने सामाजिक सुरक्षा भत्ता पाउनबाट भने बन्चित भएपछि साँफेबगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
साँफेबगर नगरपालिकाबाट अपाङ्गता परिचयपत्र बनाएकालाई एकमुष्ठ १२ हजार र जिल्लाबाट परिचय पत्र बनाएकालाई ९ हजार सहयोग गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले दिए। उहाँले नगरमा रहेको ‘ग र घ’ वर्गका अपाङ्गगता भएका १४८ जनाको लागि चालु आर्थिक वर्षमा १५ लाखको वजेट व्यवस्था गरिएको बताए । आफुले ‘ग र घ’ वर्गका अपाङ्गगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ताको लागि प्रदेश र केन्द्र सरकारसँग वारम्वार माग गरेपनि सुनाई नभएपछि साँफेबगर नगरपालिकाले आर्थिक सहयोग गरेको बताए