Advertisement
SKIP THIS
सुनको हालसम्मकै उच्च तोलाको एक लाख रुपैयाँ नजिक

काठमाडौं: सुनको मूल्य तोलाको एक लाख रुपैयाँनजिक पुगेको छ। बुधबार सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले वृद्धि भएर तोलाको ९९ हजार ५०० रुपैयाँ पुगेको छ। गएको बिहीबार तोलाको ९९ हजार रुपैयाँ पुगेर केही ओरालो लागेको सुनको मूल्यले आज पुनः उचाइ बनाएको हो।

आज छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला एक हजार ९०० रुपैयाँले नै बढेर ९९ हजार प्रतितोलामा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया