ब्रसेल्स: कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ।
“हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ। उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ। सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन्। -एएफपी