ओमिक्रोन प्रभाव, माघ १५ गतेसम्म विद्यालय बन्द प्रकाशित मिति: आइतबार, पुष २५, २०७८ समय: १८:५२:४५ काठमाडौं :कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।