Advertisement
SKIP THIS
बोगटान फुड्सिल गाउँपालिकाको सहयोगमा पाठेघर खसेका महिलाहरुको नि:शुल्क उपचार

निराकरण सम्वाददाता डाेटि:बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका महिलाहरुको निशुल्क उपचार गरिएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग तथा शैलेश्वरी अस्पताल दिपायलक‍ो प्राविधिक सहयाेगमा सम्पन्न भएको पाँच दिने शिविरबाट बोगटानका ७ जना महिला सहित १५ जनाको उपचार गरिएको हो ।

लामो समयदेखि पाठेघरको समस्याबाट ग्रसित महिलाहरुको (TAH) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको शैलेश्वरी अस्पतालका सञ्चालक आईजंग कुवरले जानकारी दिए।

शिविरमा १५ जना महिला मध्ये बोगटानका ७ जनाको निशुल्क र अन्य पालिकाका सात जनाको स शुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
सिविर पुष १५ गतेदेखि २० गतेसम्म शैलेश्वरी अस्पताल दिपायल मा सञ्चालन भएकाे हाे ।

तपाईको प्रतिक्रिया