निराकरण खबर अछाम :अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मंगलसेन नगरपालिका १४ का ५७ बर्षिय टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका १ बस्ने बर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।
बसमा कति जना सवार थिए भन्ने एकिन छैन । घटनाको थप विवरण आउन बाँकी छ ।










