निराकरण सम्वाददाता अछाम :आईतवार देखि परेको अबिरल बर्षाका कारण अबरुद्ध बनेको सुदूरपश्चिमका ७ पहाडी जिल्लाको लाईफ लाईन मानिएको भिमदत्त राजमार्ग सञ्चालनमा आएको छ।
बुधबार साझँबाट राजमार्ग सञ्चालनमा आएको क्षेत्रिय ट्राफिक कार्यलय अत्तरियाले जानकारी दिएको छ।
आईतवार देखि परेको अबिरल बर्षाका कारण बिभिन्न ठाउँमा सडक भासिनुका साथै पहिरोले क्षति पुर्याएको थियो। ४ दिन देखि राजमार्ग अबरुद्ध हुदा गन्तव्यमा हिडेका कयौं यात्रु अलपत्र परेका थिए ।










