Advertisement
SKIP THIS
सुदुरपश्चिमका एकमात्रै कारागार प्रमुख बोगटी सम्मानित

डाेटी: सुदूरपश्चिम प्रदेशकाे डाेटि जिल्ला कारागार कार्यालय डोटीका प्रमुख लालबहादुर बोगटी सम्मानित भएका छन् । निजामती कर्मचारी दिवसको अवसरमा कारागार व्यवस्थापन विभागले प्रशंसनीय कार्य गरेको भन्दै सम्मान गरेको हाे ।

कारागार व्यवस्थापन विभागले प्रत्येक वर्ष उत्कृष्ट तथा राम्रो काम गर्ने कर्मचारीलाई सम्मान दिने गरेको छ । बोगटी कारागारको प्रमुख भएपछि सुधारका काम भएको र राम्रो व्यवस्थापन गरेको भन्दै सम्मान गरेको कारागार विभागले जानकारी दिएको छ । सुदुरपश्चिम मा सम्मानित हुने बाेगटि एक मात्र हुन ।

बोगटी सहित देशभरिका बिभिन्न जिल्लाका ९ कर्मचारीलाई सम्मान र दुई जना उत्कृष्ट कर्मचारीलाइ पुरस्कार वितरण गरेको हो । कारागार व्यवस्थापन विभागले गरेको सम्मानले आफ्नो काम गर्ने हौसलामा वृद्धि भएको र गरेको कामको मूल्याङ्कन गरेकोमा अाफुलाइ गर्भ लागेको बोगटीले बताए ।

तपाईको प्रतिक्रिया