Advertisement
SKIP THIS
विपन्न बालबालिकालाई खाद्यान्न सहयोग

डाेटि :समान पहुँच विकास केन्द्र सिड नेपाल डोटी र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सर सिप परियोजना अन्तर्गत जोखिममा रहेका विपन्न परिवारका दर्ता बालबालिका हरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको जिवन स्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो ।
खाध्यान्न सामग्री वितरण दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ वडा मा २० जना, सायल गाउँपालिका वडा नम्बर ६ मेल्लेक मा २० जना पूर्वी गाउँपालिका वडा नम्बर १ खिरसैन मा २० जना, वडा नम्बर २ बगलेकमा २० जना र वडा नम्बर ३ साजघाट मा १८ जना, आदर्श गाउँपालिका वडा नम्बर १ मा ३५ जना, आदर्श गाउँपालिका वडा नम्बर २ मा ३० जना, आदर्श गाउँपालिका वडा नम्बर ५ मा ३० जना र आदर्श गाउँपालिकावडा नम्बर ७ मा ३० जनालाई गरि जम्मा २२३ लाई खाद्यान्न राहत सामाग्री र वितरण गरिएको सस्थाले जनाएको छ ।

प्रति व्यक्ति ३० के.जि. चामल , ३ के.जि. दाल , ४ पोका नुन , २ के.जि. चिनि, २ लिटर तेल र ४ पिस नुहाउने साबुन गरि प्रत्येक बालबालिकालाई ३ हजार २ सय २८ रुपैया ९२ पैसा का दरले २२३ जनालाई जम्मा रु ७ लाख २० हजार उनन्पचास बराबरको खाध्यान्न सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले बताएको छ ।

तपाईको प्रतिक्रिया