निराकरण सम्वाददाता अछाम :हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विषेश अगुवा महिला , जनप्रतिनिधि सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम बान्नीगढी जयगढ गाउँपालीमा सम्पन्न भएको छ।
बान्नीगढी जयगढ गाउँपालीका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको अायोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम बोल्दै बान्नीगढी जयगढ गाउँपालीका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लोक बहादुर साउदले आज भन्दा १० बर्ष पहिलो र अहिलेको अवस्थामा तिज मनाउने तरिका निकै परिवर्तन भएको बताए । पछिल्लो समयमा तिज भड्किलो हुदै गएको, तिज शुरु हुन भन्दा एक महिना अगावै देखि तिजको नाममा जहातहि दर खाने, दरको नाममा मदिरा खाने गरिएको उपाध्यक्ष साउदले बताए ।
पछिल्लो समयमा तिजको नाममा देखासिकी बढ्दै गएको, सबैले एक दिन संसार छोडेरै जानुपर्ने, कोहि ब्याक्ती अजम्वरी नभएकोले देखासिकी देखाउन जरुरी नभएको उपाध्यक्ष साउदले बताए । तिज मनाउने नाममा धनी गरिवको खाडल झन बढ्दै गएको,तिजले सकारात्मक परिवर्तन हुनुपर्नेमा झन नकारात्मक परिवर्तनको भएको उपाध्यक्ष लोक बहादुर साउदले बताए ।
कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका सबै वडाका सक्रिय अगुवा महिला , तथा महिला जनप्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रमा उपस्थित महिला अगुवहरुले तिजको नाममा विकृति बढ्दै गएकोमा चिन्ता ब्याक्त गरेकी थिईन।
बान्नीगढी जयगढ गाउँपालीका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दुर्गा ढुङ्गानाको स्वागत मतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा सहजिकरण शाखाकी कर्मचारी अप्सरा कुवरले गरेकि थिईन।










