अछाम : नेकपा एमालेबाट निर्वाचित साफेबगर नगरपालिकाका सबै वडाका वडा अध्यक्ष पार्टि बिभाजनमा नगएर मुल पार्टी एमालेमै रहने भएका छन ।
नगरपालिकाका ८ वटा वडाबाट एमालेबाट निर्वाचित वडाअध्यक्ष टुटफुटमा नलागी मुल पार्टी एमालेमै रहने प्रेस बिज्ञप्ति मार्फत जानकारी गराए।
प्रेस बिज्ञप्तीमा वडा नम्बर ४ का अध्यक्ष कुवर सहीत ५ का उजीर सिंह साउद, ६ का प्रेमराज शर्मा, ८ का टँक बहादुर कुवर, ९ का धुब्र बहादुर थापा, १० का लाल बहादुर खडका, १३ का सागर सिह सुनार बाब्ली, र १४ का कर्ण बहादुर साउदले हस्ताक्षर सहीत मुल पार्टि एमालेमै रहेको जानकारी गराएका हुन ।










