Advertisement
SKIP THIS
डोटिकाे वगलेकमा ४ सय ७२ धुवा रहित फलामे चुलो बितरण

राज पार्कि डोटी ;डोटिको पुर्बिचौकी गाउपालिका वडा नं: २ बगलेकमा ४ सय ७२ धुवाँरहित फलामे चुलो वितरण गरियकाे छ ।

मानविय सेवामा अनेकाै प्रयास कैलालि काे ८५ लाख बरावरको आर्थिक सहयोगमा उक्त धुवाँरहित चुलाे वितरण गरिएको हाे ।

धुवाँले मानव शरिरका विभिन्न अंगमा फोक्सोको रोग, बाल-बच्चालाई निमोनिया,आखामा पनि विभिन्न किसिमका रोग लाग्ने भएकाले उक्त रोगबाट बच्न र घरमा समयपनि बचत र दाउराकाेपनि कम खपत हुने र महिला दिदि वहिनीहरु काे कार्य वाेझमा कमि ल्याउने उद्देश्यले उक्त धुवाँरहित चुलो वितरण गरेकाे संस्थाका अध्यक्ष तथा समाज सेवी भक्तराज जाेसिले बताए ।

मानवीय सेवामा अनेकौ प्रयास कैलालिका अध्यक्ष भक्तराज जोशिको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रम का प्रमुख अतिथि पुर्बिचौकी गाउपालिका वडा नं: २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला, बिशिस्ट अतिथीमा खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्याय, बिशिस्ट अतिथीमा साइन नेपालका कोषाध्यक्ष मेघराज भट्ट रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बोल्दै वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले हामिलाइ सहयाे गर्ने संस्थालाइ हृदय देखि सम्मान गर्दै पुरा वडाका सवै टाेलका घर धुरिमा चुलाे जडान गरि निकट भविष्यमै बगलेकलाइ धुवा रहित वडा घोषणा गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै साइन नेपालका कोषाध्यक्ष भट्टले मानविय सेवामा हामि निरन्तर लागि रहेका छाै तपाइँ हरुले यस्काे सदुपयाेग गरेकाे देखेमा हामि खुसि हुनेछाै भन्दै धन्यवाद व्यक्त गर्नु भयकाे थियाे भने खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्यायले याे धुवाँ रहित चुलाेले स्वास्थ्य समाज र स्वच्छ वातावरण मा सहयाेग पुर्याइ वनजंगल फडानीमा पनि कमि ल्याउने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया