Advertisement
SKIP THIS
डोटीमा ६ महिना देखी सडक अबरुद्ध ,स्थानीयलाई सकस, सराेकारवाला माैन

शालिभान साउँद, डाेटी :जिल्ला सदरमुकाम सिलगढी देखि ९ नं वडा कार्यालय जाेड्ने ग्रामीण सडक विगत ६ महिना देखि अबरुद्ध भएको छ । डोटिको दिपायल सिलगढी नगरपालिका वाड न ९ को कलेना स्थित वडा कार्यालय जोड्ने र सोही गाउको तल्लो कलेना जोड्ने सडक विगत ६ महिना देखी अबरुद्ध हुदा स्थानीय लाई सास्ती भएको हाे ।

सडक अबरूद्व हुदा स्थानीयलाइ सदरमुकाम आवत जावत गर्न, बिरामी अस्पताल सम्म लैजान, तथा अत्यावश्यक काममा जान समस्या भएको दिपायल सिलगढी नगरपालिका वाड न ९ स्थानीय देब बहादुर साउँदले बताएका छन् । उनले लामो समय सम्म सड्क अबरुद्ध हुदा पनि सरोकारवालाहरुको नजर नपरेको र जनप्रतिनिधिहरूले पहल नगरेको आरोप समेत लगाएका छन ।

उता दिपायल सिलगढी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष धर्म बाहादुर साउँदले भने सदरमुकाम सिलगढी कलेना, मछेन्ताेला, दल्लेक, मेल्लेक हुदै बझाङ जाेडने सडक निर्माण गर्ने क्रममा माथिबाट खसेका चट्टान ले सडक भत्काउदा उक्त सडक बाटो विगत लामो समय बाट अबरुद्ध भएको बताएका छन ।

उने भने निर्माणकाे जिम्मा पाएकाे पिएस कन्ट्रक्सन प्रालिकाे चरम लापरबाहीले उक्त सडक बाटाे बारम्बार अबरुद्ध हुँदै अाएकाे र सदरमुकाम हुँदै देउगडा देखि मछेन्ताेला जाेड्ने सडक बाटाे पनि अबरुद्ध भएकाे अध्यक्ष साउदले जानकारी दिए ।

सडक सञ्चालन गर्न ९ नं वडा कार्यालय बाट बारम्बार लिखित तथा माैखिक जानकारी गराउदा पनि निर्माण कम्पनीले बेवास्ता तथा बाटाे खुलाउन पहल नगरेकाे दिपायल सिलगढी नगरपालिका वडा नं ९ कि दलित महिला वडा सदस्य गाैरी नेपालीले बताईन । उनले निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले स्थानिय सरकार र स्थानिय नागरिकलाई नटेरेकाे, अबहेलना गरेकाे समेत बताएकी छन ।

निर्माण तथा स्तर उन्नति गर्ने जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिले भने कोरोना भाइरस कोभिड १९ का कारण लकडाउनले गर्दा ढिलो भएको स्वीकार गर्दै केही दिनमै बाटो सञ्चालनमा आउने भन्दै पन्छिएको छ।

तपाईको प्रतिक्रिया