शालिभान साउँद,डाेटी :काेराेना संक्रमणका कारण देशभर निषेधाज्ञा जारी हुदा आन्तरिक पर्यटन क्षेत्रकाे प्रचारप्रसार हुदा जिल्लाका अधिकांस पर्यटकिय स्थलहरूमा अवलाेकन गर्ने तथा रमाइलो गर्ने अान्तरिक पर्यटककाे संख्यामा बृद्वी भएकाे छ ।
यसै क्रममा डाेटिकाे पुर्विचाैकी गाउँपालिका वडा नं २ बगलेक पनि अान्तरिक पर्यटन केन्द्रकाे रूपमा विकसित भैरहेकाे छ । दैनिक हजारौं अान्तरिक पर्यटकले अवलाेकन गर्ने मिनी खप्तडकाे रूपमा चिनिदै अाएकाे बगलेककाे सरकारी निकाय तथा स्थानिय सरकारबाट हुनुपर्ने विकास तथा प्रचारप्रसार नभैरहेका बेला एक समाजसेवी तथा स्थानिय नेताले अाफ्नाे ब्यक्तिगत लगानीमा पिङ निर्माण गरेका छन ।
पर्यटकहरूलाई रमाउन तथा भाैतिक संरचना निर्माण गरि अान्तरिक पर्यटन पर्बद्वन गर्न सहयाेग हाेस भन्ने धेयले दिपायल सिलगढी नगरपालिका ४ निबासी
समाजसेवी तथा दानविरका रूपमा चिनिदै अाएका नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य खगेन्द्र साउद(के बि) द्वारा बगलेकको प्राङ्गणमा झोला तथा पिङ गरिएको छ ।
बगलेकमा पर्यटकको सङ्ख्या बढाउनको लागि स्थानीय सरकारले कुनै पहल नचालेपनी आफुले केही सोनो सहयोग गरेर आफ्नो कामबाट पनि प्रभावित भएर स्थानीय सरकारले आफ्नो ठाउको लागि काम गर्छ भनेर आफुले सानाे प्रयास गरेकाे साउँदले बताए । उनले पिङ निर्माण तथा अन्य गरी १ लाख भन्दा बढी रकम खर्च भएकाे जानकारी दिए ।
दैनिक हजाराै अान्तरिक तथा बाहय पर्यटकहरू अवलाेकन गर्न अाउने गरेका स्थानिय खडक बहादुर विकले बताए ।बगलेक सामाजिक सञ्जाल फेसबुक, टिक टकमा पनि चर्चामा आउन थालेको छ ।
यसैगरी डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेना रहेकाे भाेगरे खाेला ईन्द्रेणी झर्ना पनि अान्तरिक पर्यटककाे केन्द्र विन्दु बन्दै गएकाे छ । भर्खरै मात्र प्रचारप्रसारमा अाएकाे उक्त झर्ना अवलाेकन गर्न दैनिक २/३ सय जना अान्तरिक तथा बाहय पर्यटकहरू अाउने गरेकाे स्थानिय तथा संञ्चारकर्मी शालिभान साउँदले जानकारी दिए ।










