Advertisement
SKIP THIS
बान्नीगढी पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता जगगढमा सम्पन्न

एकेन्द्र खत्रीअछाम:अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “समाज रूपान्तरणमा युवाहरूको भूमिका“ विषयमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता बान्नीगढी गाउँपालिकामा सम्पन्न भएको छ ।

वक्तृत्वकला प्रतियोगितामा सहभागी १० जना प्रतियोगी मध्य वडा नम्बर ६ का बिन्दु साउद प्रथम हुनुभएको छ ।

वडा नम्बर ३ का विक्रम साउँद द्वितीय र वडा नम्बर २ का बर्मकला साउँदले तृतीय स्थान हासिल गर्नुभएको छ ।

प्रथम द्वितीय र तृतीयलाई नगद पुरस्कार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा समाज सेवी तथा गाउँ शिक्षा समितिका सदस्य तिलक खत्री, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्ठी, वडा नम्बर २ का वडा अध्यक्ष नेत्र बहादुर साउद लगायत ६ वटै वडाका युवा क्लबका अध्यक्ष पालिका स्तरीय युवा क्लबहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिका नायव सुब्बा दीपेन्द्र साउदले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया