Advertisement
SKIP THIS
अनेरास्ववियु अछामले छुट्टाछुट्टै ज्ञापनपत्र बुझायो

अछाम :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) अछामले जिल्ला प्रशासन कार्यालय अछाम र शिक्षा समन्वय ईकाइ अछामलाई आज छुट्टाछुट्टै ज्ञापन पत्र वुझाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल र शिक्षा समन्वय ईकाइका सूचना अधिकारी मदनबहादुर विष्टलाई ज्ञापन पत्र वुझाएको अनेरास्ववियु अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी अछाम अध्यक्ष शंकर विष्टले जानकारी दिए।

ज्ञापन पत्रमा नेपाल सरकारद्धारा पेट्रोलियम पदार्थमा २८ प्रतिशतले मूल्य वृद्धि गर्ने निर्णयको विरोध गरेको छ । साथै प्रमुख जिल्ला अधिकारी मल्ल मार्फत सरकारलाई पेट्रोलियम पदार्थमा वढाएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ ।

यस्तै जिल्ला प्रशासन मार्फत छोटो तथा लामो दुरीका यातायातका साधनको मूल्य सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी अछाम अध्यक्ष शकर बिष्टले जानकारी दिए।  शिक्षा समन्वय ईकाई अछामलाई वुझाएको ज्ञापन पत्रमा विद्यालय सञ्चालन गर्नु पूर्व सम्पूर्ण शिक्षक र विद्यार्थीलाई कोरोना भाईरस विरुद्धको खोप लगाउनको लागि ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा घोषणा गरेको भएपनि केही विद्यालयले विभिन्न वाहनामा चर्का शुःल्क लिएको पाएको भन्दै तत्काल रोक्न माग गरिएको अध्यक्ष विष्टले जानकारी दिए।

शिक्षा समन्वय ईकाई अछामलाई वुझाएको ज्ञापन पत्रमा विद्यालय सञ्चालन अगावै सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउन माग पनि गरिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु केन्दिए कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष टेक बहादुर बटाला, केन्द्रिय कमिटी सदस्य मिन बहादुर सोडारी लगाएतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया