निराकरण सम्वाददाता अछाम: समसामहिक बिषयमा अनेरास्ववियु जिल्ला कमिटी अछामले अछामका प्रमुख जिल्ला अधिकारी रूद्र बहादुर मल्ल र शिक्षा समन्वय ईकाइका सुचना अधिकारी मदन बहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएको छ।
सोमबार अनेरास्ववियु जिल्ला कमिटी अछामका अध्यक्ष शंकर बिष्टको अध्यक्षतामा गएको टोलिले ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष टेक बटाला र केन्द्रीय कमिटी सदस्य मीन बहादुर साेडारीकाे समेत उपस्थितमा ज्ञापनपत्र बुझाएको हो।











