धनगढीः नेपालगञ्जबाट उपचार गरेर घर फर्किरहेको एक दम्पती कर्णालीमा वेपत्ता भएको छ। डोटीको आर्दश गाउँपालिकाका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा वेपत्ता भएका हुन्।
शुक्रबार नेपालगञ्जबाट घर फर्किने बेला चिसापानी क्षेत्र घुम्न जानेक्रममा कुईने सडकको बाका भिरमा गाडी दुर्घटना हुँदा उनीहरु गाडीसहित कर्णालीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए।
नदीमा वेपत्ता गाडी र उक्त दम्पतीको खोजी भइरहेको छ। गाडीमा सवार अन्य तीन जनाको भने उद्दार गरिएको छ। यस्तै १२ वर्षकी लक्ष्मी जोशी, उनका ३ वर्षीय भाइ भुवन जोशी, र ५ वर्षकी बहिनी सावित्रीको उद्धार गरिएको छ।
भुवन र सावित्रीको अवस्था गम्भीर छ।










