Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी: सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको सहजपुर नजिकै माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो।

दिउँसो करिब ४ बजेतिर माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको एक यात्रु सुरेश धामीले बताए। राजमार्ग अवरुद्ध बनेपछि अहिले सयौंको संख्यामा सवारीसाधन त्यहाँ अलपत्र परेको उनले बताए।

अहिले डोजर लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएका छ।

तपाईको प्रतिक्रिया