निराकरण सम्वाददाता अछाम:बिगत वर्ष देखि भारतमा कार्यरत स्व. राम बहादुर लुहार लाई नेशनल लाईफ इन्स्योरेन्स एजेन्सी कार्यालय मेल्लेख बाट ११हजार ५०० किरिया खर्च हस्तान्तरण गरिएको छ ।
कामको शिलसिलामा भारत गएमा लुहारको दोस्रो लहरको कोरोना भाइरसका कारण भारतमा मृत्यु भएको थियो ।
उनको नेशनल लाईफ इन्स्योरेन्समा बिमा नभएता पनि कम्पनिको पुरानो बिमितको हिसाबले एजेन्सी कार्यालय मेल्लेखले आफ्ना मातहतका अभिकर्ताहरु बाट संकलन गरि किरिया खर्च हस्तान्तरण गरेको एजेन्सी कार्यालय प्रमुख मनिराज महरले जानकारी दिए।
आर्थिक सहयोग गर्ने अभिकर्ताहरुमा मनिराज महर २ हजार , धना महर १ हजार , नृप बुढा १ हजार सुरेश सिंह सार्की १हजार , भरत बहादुर साउद १ हजार ,मनोज कुमार साउद १ हजार , ललिता बिक १ हजार , मिना कुमारी रोकाया १ हजार ,मनोज साउद १ हजार , धनी बुढा ५ सय , करुणा बुढा ५सय र भिम महरले ५ सय गरि जम्मा ११हजार ५ सय हस्तान्तरण गरिएको महरले जानकारी दिए।
घरको कमाउने प्रमुख ब्याक्ती नै नरहेको अवस्थामा घर खर्च चलाउन समेत मुस्किल भएको अवस्थामा सहयोग गरेकोमा नेशनल लाईफ तथा एजेन्सी कार्यालय प्रमुख तथा सहयोगि अभिकर्ताहरुलाई धन्यवाद दिईन्।