अछाम:शिद्धेश्वर प्रगतिशिल समाज महाराष्ट्र भारतले
बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना माहामारीमा खटिएका स्वास्थ्यकर्मी र अस्पतालाई लक्षित गर्दै नगद रु. ३५ हजार आर्थिक सहयोग गरेको हो ।
३५ हजारको चेक मार्फत समाजका अछाम स्थित प्रतिनिधीले बयालपाटा अस्पतालका बित्त प्रमख रामराज खकुरेललाई हस्तान्त्ररण गरे ।
कोराना महामारी संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा आवश्यक सामाग्री खरिद गर्न भारत प्रवासमा काम गर्दै आइईरहेका शिद्धेश्वरबासी दाजुभाईहरुले सहयोग गरेका हुन् ।
सहयोगका लागि अस्पतालले उनिहरुलाई धन्यवाद दिदैँ यस्तै प्रकारको सहयोगले कोभिड १९ संग लड्न सहयोग पुग्ने अस्पतालका महाप्रबन्धक प्रकाश ढकालले बताए ।