निराकरण सम्वाददाता अछाम :साँफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डाैका एक दम्पतिले छाेराकाे स्मृति दिवसकाे अवसरमा वयालपाटा अस्पतालाई आर्थिक सहयाेग गरेका छन् ।
साँफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाै निवासी समाजसेवी लक्ष्मी कुवँर र बिरेन्द्र कुवँरले आफ्नो छोरा घनश्याम कुवँरको जन्मदिन सँगै स्मृति दिवसकाे अवसरमा बयालपाटा अस्पताललाई रु. पाँच हजार आर्थिक सहयोग गरेका हुन्।
छाेराकाे अल्पायूमै निधनले आफुलाई मानसिक तनाव भएका कारण आफ्नाे जस्ताे ब्रजपात अरु कसैकाे आमाबुवालाई नहाेस भन्दै थाेरै भए पनि आर्थिक सहयाेग गरेकाे कुँवर बताए ।
कुँवरले छोराको सम्झनामा अस्पताललाई नगद सहित अस्पतालका बिरामीलाई फलफुल समेत बितरण गरेका हुन । सहयाेग प्रश्चात सहयोगका लागि अस्पतालले कुवँर दम्पतीलाई धन्यवाद दिएको छ।