Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकाको निति तथा कार्यक्रम असार ७ गते

अछाम:साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/०७९ नीति तथा कार्यक्रम र बजेट ल्याउदा केन्द्र र प्रदेशको सरकारको अभ्यास सुरुवात गरेको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउदा नीति तथा कार्यक्रम र बजेट छुट्टाछुट्टै दिनमा ल्याउन लागेको छ।

असार ७ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउन लागेको साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरले जानकारी दिए। आगामी आर्थिक वर्ष ०७८/०७९ मा ६३ करोड ५२ लाख बराबरको बजेट ल्याउन लागेको छ।

बित्तीय समानिकरण, राजस्व बाँडफाँड र राजश्व तर्फ २४ करोड ४० लाख र सशर्त तर्फ ३८ करोड ६२ लाख गरि ६३ करोड ५२ लाख १ हजार बराबरको बजेट ल्याउन लागेको हो।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, कोभिड नियन्त्रण, अपांगता भएका व्यक्ति र नगरका अधुरा योजनालाई प्रमुख प्राथमिकता दिएर बजेट आउन लागेको हो।

बाल विकास केन्द्रका शिक्षक र विधालयका कर्मचारीको तलब वृद्धि र नगरका गौरवका योजनामा सम्पन्नको लागि बजेट छुटयाएको नगर प्रमुख कुँवरको भनाई रहेको छ।

यस्तै आगामी आर्थिक वर्षको बजेट कार्यपालिका सदस्य गाउँबिकास कार्यक्रम पनि ल्याउन लागेको नगर प्रमुख कुँवरले जानकारी दिए।यस्तै १२ औ कार्यपालिका बैठकबाट वडामा बिनियोजित गरेको बजेट सिलिङमा वडा अध्यक्ष हरुको असमहति जनपछि नगरपालिकाको १३ कार्यपालिक बैठकले सिलिङ परिवर्तन गरेको छ।

 

तपाईको प्रतिक्रिया