काठमाडौं :जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।
यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो ।
यस आइपिओलाई इक्रा नेपालले आइआर ‘बीबीबी’ माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।
यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । जीवन विकासले अब आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ ।