धनगढीः सुदूरपश्चिममा थप ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ११७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १६१ जना र अन्य जिल्लाका ९१ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
हाल अस्पतालमा ५८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।
पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना निको भई घर फर्किएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।










