Advertisement
SKIP THIS
डोटीमा मंगलबार रातिदेखि दश दिनसम्म निषेधाज्ञा

डाेटि:कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि डोटीमा भोलीबाट निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रसासन कार्यालयले सुचना सार्बजनीक गर्दै भोली राती १२ बजेबाट जिल्लामा निषेधाज्ञा जारी गर्ने बताएको हो ।

सार्बजनीक सुचना अनुसार भोली रातीबाट सुरु हुने निषेधाज्ञा बैसाख ३१ गते राती १२ बजे सम्म जारी रहने छ । निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहने छन् ।

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।

जिल्लामा अब खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म र साझ ५ बजे देखि ७ बजे सम्म मात्रै खोल्न पाइने छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।

यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया