Advertisement
SKIP THIS
गाउँमा खानेपानी पुगेपछि चुडिवासिमा हर्षित

डोटी:डोटी शिखर नगरपालिका वडा नं ६ चुडीमा लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गाउवाट झण्डै २ सय वयासी मिटर तल खोलावाट लिफ्ट गरेर खानेपानी निर्माण गरेको हो । लिफ्ट खानेपानीवाट गाउमा रहेको स्कुल लगायत गाउमा बाह्र खानेपानी धारा बने पछि अहिले गाउका सम्पूर्ण वासिन्दा घर नजिकै पानी पिउन पाउने भएका हुन ।

चुडी गाउका सत्तरी घरपरिवार आधा घण्टाको ओरालोवाट दैनिक पानी बोकेर खान वाद्य थिए । खानेपानी नेपाल सरकार, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना र शिखर नगरपालिका डोटीको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । छत्तीस लाख, चौतिस हजार, आठ सय अठासीमा निर्माण सम्पन्न योजना २०७६ मंशिर देखि निर्माण शुरु भएको थियो ।

खानेपानी उद्घाटन कार्यक्रममा शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले पानीको मुहान माथि नभएका ठाउमा लिप्ट सिचाइ मार्फत योजना वनाइ नगरपालिकामा खानेपानी योजना वनाइएका वताए । संयुक्त साझेदारीमा निर्माण गरेको खानेपानीवाट सम्पूर्ण टोल वासीले खानेपानीवाट सहज सुविधा भएको विश्वास व्यक्त गरे । त्यसैगरी सिखर नगरपालिका डोटीकी उप प्रमुख धौली देवी रावलले सवैको मिहिनेतले खानेपानी आयोजना सम्पन्न भए संगै खानेपानीका लागि वस्तीले गरिरहेको दुख अन्त भएको वताइन ।

कार्यक्रममा शिखर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तेज वहादुर साउदले खानेपानी निरन्तर सुचारु रुपमा चल्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा ग्रामिण जलस्रोत व्यबस्थापन परियोजनाका कार्यक्रम संयोजक प्रमोदलाल श्रेष्ठले परियोजनाले बनाएको संरचनालाइ अव कसरी संचालन गर्ने उपभोक्ता समितिको जिम्मामा रहेको वताए ।

कार्यक्रममा उपभोक्ता समितिका सचिव माधव फुलाराले खानेपानीवाट गाउका वासिन्दाले ठूलो सुविधा पाएको वताए । त्यसैगरी कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीका फुलाराले खानेपानी आयोजनाको सम्पूर्ण लागत सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया