धनगढी:बिहीबार भारतका विभिन्न स्थानबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
भारतबाट भित्रिएका शंकास्पद ४१२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७ जनामा संक्रमण पुस्टि भएको नाकामा खटेका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए।
भारतमा कोरोना संक्रमण तीव्र गतिले फैलिन थालेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन्। गौरीफन्टा नाकामा गएको चैत ३ गतेदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको थियो।
उक्त नाकाबाट भित्रिएका मध्ये हालसम्म ८ हजार ४ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये ५५८ जनामा संक्रमण पुष्टि भएको छ।