Advertisement
SKIP THIS
शैक्षिक गुणस्तर वृद्धिका लागि बान्नीगढीका सरोकारवाला प्रतिबद्ध

निराकरण सम्वाददाता अछाम :गाउँ शिक्षा योजना निर्माण आधारभुत तहको स्थानीय पाठ्यक्रम निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला संगको १ दिने अन्तरक्रिया कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा बिशेश गरि १० बर्षे गाउँ शिक्षा योजना निर्माण, आधारभुत तहका लागी स्थानिय पाठ्यक्रम निर्माण, गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको स्तरउन्नती र शिक्षिक गुणस्तर वृद्धि लाई कायम गर्नका लागि के कसरी अगाडी बढ्न सकिन्छ भन्ने उदेश्यका साथ सहभागी सरोकारवालाहरु संग बृहत छलफल भएको थियो ।

सामाजिक बिकास समितीका संयोजक नेत्र बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले पालिकाका हरेक विघालयको शिक्षिक र भौतिक गुणस्तर वृद्धि गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।

समग्र बिधालयको शैक्षिक अवस्था लगायत अन्य बस्तु स्थितिको बारेमा जानकारी लिनका लागि अनुगमनमा तिब्रता दिने प्रतिबद्धता समेत जनाए ।

विधालयको समग्र शैक्षिक गुणस्तर बढाउनका लागि व्यावस्थापन समिती र शिक्षकहरुको महत्त्वपूर्ण भुमिका हुने भएकाले आफ्नो कर्तव्य पालना गर्दै अगाडि बढ्ने निर्देशन दिए।

अन्तरक्रिया कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष खड्काको संयोजकत्वमा गाउँशिक्षा योजना निर्माणका लागि ११ ओटा उप-समिती गठन गरिएका छन, भने निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिको संयोजकत्वमा २ ओटा स्थानिय पाठ्यक्रम निर्माण उप-समिती समेत गठन गरिएका छन ।

कार्यक्रममा पालिका सबै विध्यालयका व्यावस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र जोशिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन
शिक्षा शाखाका प्राबिधिक सहायक वसन्त जोशीले गरेका थिए ।

तपाईको प्रतिक्रिया