Advertisement
SKIP THIS
प्रतिपक्ष भनेको पर्खिराखेको सरकार हो,केद्रिन्य सदस्य लेखक

विक्रम खड्का डोटी:नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री रमेश लेखकले नेपाली कांग्रेस पर्खिराखेको सरकार भएकाले सरकारमा जाने वा नजाने, ठोकुवाका साथ भन्न नसकिने बताएका छन् ।

नेकपाको आगामी कदम कस्तो हुन्छ ? त्यसमा भरपर्ने बताउँदै सोहि अनुसार नेपाली कांग्रेस अगाडि बढ्ने बताए । नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले सरकार संचालन गर्ने मेन्डेट पाएको नेकपाले अब के गर्छ त्यो कुरा कांग्रेसले हेरिराखेको बताए ।

‘यदि सत्तामा भएको पार्टीले सरकार चलाउनै सक्दैन भन्छ र उ आफ्नै कारणले सरकारलाई अस्थिर गर्छ, नेतृत्व गर्नै नसक्ने अवस्थामा पुग्छ भने त्यो समयमा पर्खिराखेको सरकार (प्रतिपक्ष)को काम आउँछ ।’, लेखकले भने, ‘त्यसैले कांग्रेस सरकारमा जान पनि सक्छ ।’

‘नेकपा के गर्छ त्यो हामी हेरिराखेका छौं, उहाँहरु भएको प्रधानमन्त्रीको राजीनामा गराएर आफ्नै दलबाट प्रधानमन्त्री खोजीराख्नु भएको छ त्यसैले हामीले किन यलाई भोट हाल्नुपर्छ, उलाई भोट हाल्नुपर्छ भनेर हिन्नु ?’, उनले भने, ‘दुईवटै पक्ष नेकपा दाबि गरिरहेको अवस्थामा हामीले योनै वा त्योनै भनेर भनन मिल्दैन ।’

बिप्लबलाई शान्ति प्रक्रियामा ल्याउनु हाम्रा लागि सकारात्मक कुरा हो, यो स्वागतयोग्यनै छ लेखकले भने ।

अर्को प्रसङ्गमा लेखकले भने, ‘नेपाली कांग्रेसको अधिबेशन आगामी भदौमानै हुन्छ ।, सो मितिमा जसरी पनि गर्नुपर्ने हुन्छ ।, त्योभन्दा ढीलो सार्न अब संबिधानलेनै दिदैन ।

नेपाली काग्रेसको क्रियाशिल सदस्यताको नबिकरण र नयाँ सदस्यता बितरणको अभियानलाई चाडो भन्दा चाडो सम्पन्न गर्नेमा समेत लागेका उहाँले बताए ।

तपाईको प्रतिक्रिया