अछाम:नेकपा प्रचण्ड, माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय अछाम मार्फत बिरोधपत्र बुझाएको छ ।
गत पुस ५ गते गरेको संसद विघटनको विरोधमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनालाई विरोधपत्र बुझाएको हो ।
सविधान सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य भरत साउदको नेतृत्वमा गएको टोलिले संसद भंग गर्ने प्रधानमन्त्रीको निणर्यको विरोध गर्दै नेकपाको पुर्व घोषित कार्यक्रम अनुसार अछाममा पनि सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाईएको बताईएको छ ।
विरोध पत्रमा पुस ५ गते नेपालको संविधानको ठाडो उल्लघंन गरी असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेकोले त्यस प्रति आपत्ती सहित घोर भत्र्सना गर्दछौं भनिएको छ ।
कालोझण्डा, जुलुस सहित बजार परिक्रमा गरि बिच बजारमा भएको बिरोध कोण सभा कार्यक्रमलाई सविधान सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य भरत साउद, नेकपा अछामका सचिव झपट साउद, संगठन विभाग प्रमुख तथा सचिवालय सदस्य प्रकाश शाह, नेकपा अछामका बिद्यार्थी फाट इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य भिम बहादुर रावल, युवा संघ अछामका इन्चार्ज शिव बहादुर बोगटिले सम्बोधन गरेका थिए।









