अछाम:४४ औँ बिपि स्मृति दिवसको अवसरमा अछामको बयालपाटा प्रादेशिक अस्पतालमा उपचाररत ४१ जना बिरामीलाई फलफूल वितरण गरिएको छ।नेपाली साँफेबगर नगर कार्यसमितिको आयोजनामा अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरी विपी कोइरालाको योगदानको स्मरण गरिएको थियोे ।
फलफूल बितरण कार्यक्रम नेपाली कांग्रेस अछाम उपसभापति अर्जुन ताम्राकार महासमिति सदस्य राजन कुँवर,साँफेबगर नगरपालिका ७ का अध्यक्ष हिम्मत कडायत,नेबिसंघ अछाम सभापति खेमराज खड्काको लगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।
कार्यक्रम साफेबगर नगर कार्यसमितिका कार्यवाहक नगर सभापति गोरख बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो।










