Advertisement
SKIP THIS
अछामको मेल्लेख गाउँपालिका ५ रावत्बाडामा घरको छतमा चितुवा बसेपछि

अछाम:अछामको मेल्लेख गाउँपालिका ५ रावत्बाडामा घरको छतमा चितुवा बसेको छ। शनिबार राति देखि घर आसपास भएको चितुवा आईतवार बिहान साढे ५ बजेतिर घरको छतमा बसेको मेल्लेख गाउँपालिका ५ का वडा अध्यक्ष प्रकाश अधिकारी बताए ।

उनका अनुसार चितुवा बिरामी अवस्थामा रहेको बान्ता गर्नेे गरेको छ। घरको छतमा चितुवा भेटिएको बारेमा बन डिभिजन कार्यालय मंगलसैनलाई खबर गरिएको उद्दारका लागि बनको टोलि आउदै गरेको बताए ।

यो समाचार तयार पार्दा सम्मको चितुवाको उद्दार हुन सकेको छैन ,चितुवा हाल घर नजिकैको तरकारीको टनेल भित्र पसेको छ।

तपाईको प्रतिक्रिया