अछाम:अछामको रामारोशन गाउँपालिकाले “मर्यादित महिनावारी कार्यान्वयन कार्यविधि–२०८३” पारित गरेको छ।
बिहीबार बसेको २० औं गाउँसभाले “मर्यादित महिनावारी कार्यान्वयन कार्यविधि–२०८३” पारित गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगत रावलले बताए ।
कार्यबिधि लागू भएपछि पालिकाले मर्यादित महिनावारीका क्षेत्र काम गर्न साविका वडा हालका टोलस्तर, वडास्तर देखि पालिकास्तरमा समिति बनाउने, उक्त समितिले प्रत्येक व्यक्ति समेटिने गरि सचेतना अभियान संचालन गर्ने, महिनावारी विभेद गर्ने व्यक्तिको पहिचान गरि सम्झाइ बुझाई गर्ने तथा कारवाहिका लागि सम्बन्धित निकायलाई सिफारिस गर्न सक्नेछ ।
यस्तै गाउँ सभाले रामारोशन गाउँपालिकाको २०औँ गाउँसभाबाट पालिकाको सुशासन, वित्तीय अनुशासन, पारदर्शिता, सेवा प्रवाह र दिगो विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले,आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८३,बेरुजु फर्छ्यौट कार्यविधि–२०८३ पारित गरेको छ।
यस्तै लेखा समितिको गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८३,गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८३, ढुङ्गा प्रशोधन उद्योग दर्ता, नवीकरण तथा दस्तुर संकलन सम्बन्धी कार्यविधि–२०८३ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रावलले बताए ।










