Advertisement
SKIP THIS
एयरपोर्ट बजार क्षेत्रको सौन्दर्यीकरण गर्ने उदेश्यले विभिन्न जातका फूल रोपिए

अछाम:साफेबगरलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले फूल रोप्ने रोपिएका छन्। बुधबार एयरपोर्ट बजार ब्यावस्थापन समितिको आयोजनामा बजार देखि झुलुङ्गे पुल जाने सडक किनारमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका बजार ब्यावस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर बताए ।

त्यस्तै साफेबगर विमानस्थल परिसर नजिक रहेको सानो पार्क लगायतका स्थानमा पनि फूल रोपिएको समितिले जनाएको छ।बजार क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको अध्यक्ष कुँवरले बताए ।

रोपिएका फूलको संरक्षणमा स्थानीयवासीको महत्त्वपूर्ण भुमिका रहेको अध्यक्ष कुँवरले बताए । फूल रोप्न अभियान स्थानीय जनप्रतिनिधि, बजार ब्यावस्थापन समितिका पदाधिकारी स्थानीयहरुको सक्रिय सहभागिता आवश्यक रहेको थियो ।

तपाईको प्रतिक्रिया