Advertisement
SKIP THIS
बुढी मरि भन्ने चिन्ता भन्दा पनि काल पल्कियो भन्ने त्रा”स 
कुनै कुरा प्राप्तिको पर्खाइ संघर्ष समर्पण अथवा त्याग होईन,त्यो खोजीमा तल्लीन भोको पेट आहारको खोजी हो । त्याग सामूहिक अर्थात साझा दायित्व निस्वार्थ भाव झल्काउने खालको हुनुपर्छ । पाएकै छैन अनि केको त्याग ? नपाए सम्म अनुशासित त्यागी सदाचारी सत्गुणी सत्कर्मी तबसम्म  दुनियाँलाई बेकुफ बनाउने पाएपछि निलेसी खुत्रुक्क गोहीले शिकार पक्रे जस्तो । सार्वजनिक जिम्मेवारी अभिभारा पाएका बखत अनुशासन सदाचार त्याग समर्पण देखाउनु नि!?हिजो अस्ति आज भोलि पर्सि निपर्सी मानिस निराशले लुथ्रुक्क थकित आजित वाक्क दिक्क भैसकेका छन् ।
खर्चिलो देशले थेग्नै नसक्ने आर्थिक भार पारी पारी देखासिकी  अनावश्यक रूपमा सानो देशमा संघीयता लाद्ने काम भयो । आज संघीयता निल्नु न उकेल्नु भएको छ । न खायौं दिनभरिको शिकार खायौं त कान्छा बाको अनुहार भएको छ, नेपालमा संघीयता । राजतन्त्र फालेर गणतन्त्र ल्याएयौं यो झन् भद्दा झूर झूट भ्रष्ट निकम्मा बेचैनी एक राजाको सट्टा हजारौं राजा बन्ने अखाडाको रूपमा रुपान्तरण हुँदै गयो । सत्ताको लागि लुछाचुडी हानथाप तानातान काम सिन्को नभाच्ने खाली पुरानै रोग गनगन गनगन रोइलो उसले उसको हातखुट्टा काट्ने अर्कोले उसले उसको हातखुट्टा काट्ने दुवैको मनोदशा कथित सत्ता प्राप्ति छर्लङ्ग देखिन्छ,राष्ट्र र जनताको पक्षमा होईन ।
एकल पार्टीको दुई तिहाइ बहुमत भएको सरकार हुँदाहुँदै संसद विघटन गरी मध्यावधि निर्वाचन गर्नुपर्ने यस्तो अत्यन्तै दु:खद विडम्बनापूर्ण अरू के हुनसक्छ ? तर भयो त । २०४७ सालको संविधानको कमजोरी स्पष्ट बहुमत हुँदाहुँदै तत्कालीन नेपाली काङ्ग्रेसको बहुमत प्राप्त प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरे । त्यसपछिका सरकारले आफ्नो कार्यकाल कहिल्यै पुरा गरेनन् । त्यसले देशमा अस्थिरता अन्योल दण्डहीनता भ्रष्टाचार कुशासन बाहेक अरू केही भएन गरिएन,पाएन । सांसदहरू किन्ने अपहरण गर्ने पार्टी फुटाउने र जोड्ने अंक गणितीय जोड घटाउ, छ / छ महिनामा सरकार गिराउने,भत्काउने बनाउने खेलमै रमाए । त्यतिबेला पनि जनताले पाउन सम्म दु:खकष्ट हैरानी सास्ती पाए ।
 दस वर्ष लामो सशस्त्र जनयु”द्ध देखि जननेता मदनकुमार भण्डारीको हत्या हुँदै राजा वीरेन्द्रको वंश सखाप हुनेगरी राजदरबार ह’त्याकाण्ड हुन पुग्यो । अबहुदलीय व्यवस्था र जनयु
द्धले हजारौं मानिस मानिसको ज्यान गुमाउनु पर्‍यो । लाखौं विस्थापित भए, हजारौं बेपत्ता घाइते अपाङ्ग हुन् पुगे । अखबारका पान्ना र समाचारका माध्यममा प्रहरी सेना माओवादी लडाकु बीच रातभरि चलेको भिड’न्तमा प्रहरी र सेना तर्फ यति उति जना हताहती भए, माओवादी तर्फ उति यति जना हताकती भए भन्नेमात्र पढ्न र सुन्न पाइन्थ्यो । देशमा संकटकाल लागेको थियोे । चन्दा अप’हरण बम विष्फो’ट एम्बुस  थाप्ने धरा’पमा पार्ने प्रेसर कुकर बम राख्ने सुराकीको गरेको भनेर होस् वा मागेजति चन्दा नदिएको भनेर क्रूर अमानवीय वीभ’त्स ह’त्या गर्ने । त्यो समय सम्झदा आजसम्म आङ सिरिङ हुन्छ ।
राजा वीरेन्द्रको वंश वि’नाश पछि राजा हुन पुगेका ज्ञानेन्द्रलाई गलत सल्लाहकारको घेराबन्दी गलत सूचनाको कारण नराम्ररी फसेको स्पष्ट बुझ्न् सकिन्थ्यो । ह’त्याहिंसा र कुशासनका कारण आजित भएका जनता र ह’त्याहिंसा र कुशासनको चक्रव्यूहमा नराम्ररी फसेको देश,आर्थिकसामाजिक रूपमा छियाँछियाँ भ्रष्टाचार र  दण्डहीनता अराजकताको पराकाष्ठाले सिमा नाघेको जर्जर पारिएको विषम परिस्थितिमा प्रधानमन्त्रीले चुनाव गर्न सक्दैन भनेर दरबारमा लोकतन्त्र बुझाउने नाजुक निरीह अवस्था कस्तो थियोे होला ? एकातिर जनयु’द्धले देश आक्रान्त अर्कोतर्फ राजदरबार ह’त्याकाण्ड भ्रष्टाचार दण्डहीनता देशीविदेशी शक्तिको चलखेल देशको आर्थिक अवस्था नाजुक भैरहेको समयमा राजा ज्ञानेन्द्रले सत्ता आफैं हातमा लिनु भनेको बन्चरो आफैं खुट्टामा हान्नु सरह थियोे ।
राजालाई कू गर्न लगाइ कमजोरी पत्तालगाइ फलस्वरूप जनतामाझ भ्रम सिर्जना गर्न सजिलो भयो, सफल पनि भए । पृथ्वीनारायण शाह,जंगबहादुर राणा देखि त्रिभुवन,महेन्द्र हुँदै राजा वीरेन्द्रको वंश नाश हुँदा सम्म,२०४६ सालपछि बहुदलीय व्यवस्थाका कुरुती विसंगति विकृति भ्रष्ट राजनीति कुसंस्कार कुशासनले निम्त्याएको अराजकता दण्डहीनता बहुदलीय दलालले ठेकादारले राज्यका निकायमा जमाएका कब्जा सम्पूर्ण अंग निकायमा गरेको खेलोमेलो ताजोपाजो  आसेपासेलाई लाभान्वित गर्ने ती राज्यका सम्पूर्ण निकाय माथिको मिलोमतोमा गरिएको दोहनको दूषितगन्ध कुकर्म कुशासनका अवयब जति सम्पूर्ण राजा ज्ञानेन्द्रको थाप्लोमा थोपर्ने भ्रष्ट असफलहरूले बैतणी तर्ने काम गरे । ॐ नमम स्वाहा: राजाको सत्य नाश होस् भनेर होम लगाए, आरती उत्तारे । टाउको मूल्य तोक्ने त तोकाइ पाउने देशीविदेशी भ्रष्ट नालायक हत्याराहरु सबै एकटोकरीमा जम्मा हुने शुभसाइत जुराए । अनि राजा ज्ञानेन्द्र र राजसंस्थालाई  एक्ल्याए नाङ्गेझार पारे मूर्ति चोर भाइमारा सेतो हात्ती सामन्ती नश्लवादी आदि आदि आरोप लगाएर आ’रोपित गरिएको वास्तविक सत्य हो ।
बच्चाले खुट्टामा दिशा गर्‍यो भनेर आफ्नो खुट्टा काट्नु त भएन नि धुनु पर्‍यो । बच्चालाई मार्नु पनि भएन । देशीविदेशी शक्ति भ्रष्टाचार गर्ने ह’त्याहिंसा गर्नेशक्ति एकातिर राजा ज्ञानेन्द्र एकातिर हुँदा उनको के चल्ने थियोे । कारणबस राजा हुन पुगेका राजकाजमा रूचि नदिएका अनुभव नभएका राजा हुनुपर्ने अनि हावाको चल्ले पालो रूखको ढल्ने पालो । सबै अरिङ्गाल बनेर राजसंस्थालाई टोकेको साच्चै हो । राजा निरंकुश प्रतिगामी थिए,होलान् तर राजसंस्थाले नेपाल एकीकरण देखि २०६२/०६३ सम्म विभिन्न आरोह अवरोह नेपालको राष्ट्रिय एकता देशलाई चार जात छत्तीस वर्णको फूलबारी देखि देशको भौगोलिक विखण्डन विभिन्न बाधा अड्चन अवरोध चिर्दै स्वतन्त्र सार्वभौमसत्ता सम्म देशको अस्तित्व जोगाउन पुर्‍याएको योगदान शाहवंशीय योगदानलाई पटक्कै बिर्सेर अपमान गरेकै हो ।
राजाको प्रतिगामी कदमले समयसमयमा जनताको अधिकार खोसिएको कुरा घोर निन्दनीय कार्य आफैं गलत थियोे थियोे । जनताको अपमान हुने पढ्नेलाई पढ्न नदिने बोल्नेलाई बोल्न नदिने,जनताका छोराछोरीले पढेलेखे भने टाठाबाठा हुन्छन् सरकारको विरोध गर्छन् भन्ने राणा शासनका शासकले भन्थे रे तर पछिल्लोपटक शाहवंशीय राजतन्त्रको समयावधि केही नागरिकका अधिकार कुन्ठित गर्ने गरेको भएपनि शैक्षिक क्षेत्रमा राम्रै सुधार गरिएको पाइन्छ । नागरिकका नैसर्गिक हक र अधिकार हनन गर्ने सामन्ती शैलीको विरोध,भत्सर्ना हुनुपर्ने त्यसलाई सच्याउनु पर्नेमा राजसंस्थालाई नै निमिट्यान्न निर्मूल गर्ने काम भयो । जो आज नेपालमा गणतन्त्र आएको १४ वर्ष बितिसक्दा हिजोको त्यतिबेला जनताका कानमा झूटो बोलेर आँखामा पट्टि बाधेर प्रलोभनमा पारेर राजसंस्थाको अन्त्य गरियो ।
आज ती गणतन्त्रका कपूत्रेहरू आफैं निरंकुश प्रतिगामी यथास्थितिवादी भ्रष्ट संबैधानिक कू गर्दै हिडेका छन् । आफूलाई राजश्री सिद्ध प्राप्त भएको एकात्मक दम्भ अहंकार देखाउदै छन् । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला अपदस्त गरेर गरेको कू ,राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत २०५९ मा गरेको कू,२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संबैधानिक कू उस्तै हुन् । राजाले गरेको कू गिरिजाप्रसाद कोइरालाले गरेको संसद विघटनलाई २०७२ मा संविधानसभाले बनाएको संविधानसंग तुलना गरेर हुन्छ ? नेपाल र नेपाली जनताको विश्वास असंवैधानिक कदम संबैधानिक कू त यो हो नै । संविधानमा हुँदै नभएको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर संसद मात्रै होईन नेपालको संविधान नै धरापमा पारेर राष्ट्रपति र प्रधानमन्त्री मिलेर जनताको मतको घोर अपमान गरे । लामो  समय र ठूलो धनराशि खर्च गरेर ल्याइएको व्यवस्था,जसको लागि गरेको चुनाव कसैलाई केही चाहियो कसैलाई सनक उठ्यो सत्ताबाट ओर्लनु मर्नुबराबर भयो चौतर्फी असफल भ्रष्ट लाचारीपनको पराकाष्ठा नाघेकालाई सत्तामा बसिरहने नैतिकताबल हुँदैन थियोे । खुरुक्क राजीनामा दिए भैहाल्थ्यो नि ?
विभिन्न कालखण्डमा राजाले बारम्बार दोहोर्‍याइ दोहोर्‍याइ गल्ती गरिरहे,यो क्रम रोकिएन । जनतालाई धोका दिए भनेर राजा प्रति एकोहोरो गाली गर्ने काम भयो । आज राजा नभएको अवस्थामा पनि जनताका जनप्रतिनिधि नेता नै प्रतिगामी सर्वसत्तावादी हुने चेष्टा गर्नु संबैधानिक कू गर्नु आफैं हास्यास्पद गैरजिम्मेवार अनैतिक छ, लाजमर्दो कुरा हो । जनतालाई राजा,संस्था नै ठीक थियोे भन्नेसम्म सोच्न बाध्यपार्ने काम कुकर्म अहिले कसले गर्‍यो ? अब अरूलाई दोष दिएर उम्कने समय छैन । जनता अब कदापि भ्रममा पर्नेछैनन । पाँच वर्षको लागि वाम गठबन्धनलाई राजकाज चलाउने म्यान्डेट दिएका थिए । गर्नुपर्ने नगर्ने अन्तै विषयान्तर गरेर जसरी समयको ब’र्बाद गरियो,यसैको प्रतिक्रियात्मक जबाफ थियोे । आलोचना सुन्न नसक्ने कसरी लोकतान्त्रिक जननिर्वाचित सरकार कसरी मान्नु र भने ? आन्तरिक पार्टीमा मिलाउन मिल्न नसक्ने दुवै थरीको उदेश्य स्वार्थमा भागबन्डामा लुछाचुडि देशीविदेशी शक्तिको कठपुतली बन्नु, देशलाई बन्धक बनाएर वैदेशिक शक्ति राष्ट्रको इशारामा देशलाई क्रिडा स्थल बनाउन पाइदैन । त्यसो गर्न पाएन भनेर देशलाई भड्कालोमा हाल्न पाइदैन ।
भरत बहादुर बिष्ट
टीकापुर१,कैलाली ।

तपाईको प्रतिक्रिया