अछाम:दार्चुला देखि जुम्ला जादै गरेको जिप अछामको बिनायकमा दुर्घटना भएको छ।शनिबार साँझ जिल्लाको पञ्चेवल बिनायक नगरपालिका थापामोडस्थित मध्यपहाडी राजमार्गमाबाट बा.प्र.०१-०२७ च २२७७ नम्बरको जिप करिव २०० मिटर तल खसेको छ।
दुर्घटनामा घाइते हुनेमा नवलपरासी रामग्राम नगरपालिका १० का अन्दाजी ४१ को पुष्पराज चौधरी गम्भीर रहेका छन।
यस्तै दुर्घटनामा परि जिल्ला सिराहा बस्ने अन्दाजी २७ बर्षिय सन्त कुमार साह,स्याङ्जा, फेदीखोला गाउँपालिका ४ बस्ने अर्जुन कुमार पौडेल, बर्दिया, बासँघारी बस्ने वर्ष अन्दाजी ४५ बर्षिय राम प्रसाद चौधरी, र बाँके नेपालगंज उपमहागरपालिका ६ का अन्दाजी ३५बर्षिय राज कुमार गुप्ता रहेका छन।










