Advertisement
SKIP THIS
सुदूरपश्चिममा हाइस, माइक्रोबस र ई–माइक्रोबसको रात्रीकालीन सञ्चालनमा रोक

अछाम:सुदूरपश्चिममा इभि गाडि र डिजेल, पेट्रोलबाट चल्ने सार्वजनिक सवारी साधन हाइस, माइक्रोबस राति चलाउन रोक लगाईएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले हाइस, माइक्रोबस र ई–माइक्रोबसलाई दिवा सेवामा मात्र सञ्चालन गर्न अनुमति रहेको तर यातायात ब्यावसायीले मनोमानी राति चलाउने गरेका भन्दै रोक लगाएको हो।

यातायात व्यवस्था नियमावली, २०५४ अनुसार दिवा सेवाका सवारी साधनलाई अधिकतम ३०० किलोमिटरसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था भए पनि हाल रातिको समयमा समेत सञ्चालन भइरहेको रातिमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेकाले र‍ोक लगाईएको ट्राफिक प्रहरीले जनाएको छ।नियम बिपरित रातिको समयमा सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया