अछाम : अछाममा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।जिल्लाको साँफेबगर नगरपालिका ०२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा धनगढीबाट बाजुरातर्फ आउँदैगरेको बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ बस्ने चालक टेकेन्द्र रावतले चलाएको से १ ज ५४१ नं.को बोलेरो जीप बुधबार बिहान् आँफै अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियोे ।
दुर्घटनामा परि सवारी चालक टेकेन्द्र रावत ,बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका – ५ बस्ने ४१ वर्षकि देबु खाती,वर्ष ५३ को नृप खाती,३४ वर्षकि की उज्जला सेरला र सोही ठाउँका ८० वर्षकि बैरागी सेरेला घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।घाइते हरुलाई बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।









