Advertisement
SKIP THIS
साँफेबगर नगरपालीका न्यायिक समितीको आयोजनामा न्यायिक समिती सम्बन्धी सचेतना मुलक कार्यक्रम चण्डीकामा सम्पन्न

अछाम:साँफेबगर नगरपालीका न्यायिक समितीको आयोजनामा एक दिने न्यायिक समितीको काम ,कर्तब्य र अधिकार तथा लैगींक हिंसा निवारण सम्बन्धी सचेतना मुलक कार्यक्रम बिहिबार वडा नं ८ चण्डीकमा सम्पन्न भएको छ । साँफेबगर नगरपालीका उप प्रमुख एवम् न्यायीक समिती संयोजक शिब बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतीथी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले सामान्य रुपमा वडा घर टोलमा हुने बिवादकै कारण गाउँघरमा झै झगडा हुने र त्यै घटनाहरुले गम्भीर रुप लिई अदालत सम्म पुग्ने अवस्था रहेकाले ती घटनाहरुलाई स्थानिय स्तरमै न्यायीक समिती मार्फत दुबै पक्षलाई न्याय हुुने बताए । जहासम्म पारिवारीक र न्यायक समितीका क्षेत्र अधिकार भित्र रहेका घटनाहरुलाई स्थानिय स्तरमै रहेका न्यायीक समितीमा मिलाउन सकिने बताए । न्यायीक समितीमा रहेका पदाधिकारीहरु समेत राजनितीक दलमा आबद्ध भएकाले उनिहरुले समेत निश्पक्ष रुपमा न्याय दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै साँफेबगर नगरपालीका उप प्रमुख एवम् न्यायीक समिती संयोजक शिब बहादुर कुँवरकोले अहिलेसम्म न्यायीक समितीमा आर्थीक लेनदेन,आलीधुर,गाली बेईज्जती,ज्याला मजदुरी नदिएको ,घरेलु हिंसा जस्ता विवादहरु आउने गरेका जानकारी दिए । न्यायीक समितीले अहिलेसम्म सम्पुर्ण विबादहरको फछ्र्यौट गरेकोले न्यायक समितीका क्षेत्र अधिकार भित्र रहेका बिवादहरु भए न्यायक समितीमा आउन उनले आग्रह गरे । यदि क्षेत्र अधिकार भित्रका बिवादहरु समितीमा नआई अदालती प्रक्रीयमा जादा खर्चीलो हुने भएकाले समितीले सबैलाई मर्का नपर्ने गरि न्याय दिने संयोजक शिब बहादुर कुँवरले बताए ।

कार्यक्रमा न्यायिक समितीको काम ,कर्तब्य र अधिकार बारे समितीका उजुरी प्रशासक नृप बिश्वकर्मा र लैगींक हिंसा निवारण बारे लैगींक हिंसा निवारण कोष सञ्चालक समिती सदस्य अप्सरा कुँवरले सहभागीहरुलाई सहजीकरण गरेकी थिईन । कार्यक्रममा साँफेबगर नगरपालीका ८ चण्डीका अध्यक्ष कालु सिंह कुवर ,वडा सदस्य, राजनितीक दल,वडामा रहेका मेलमिलाप कर्ता,स्थानिय अगुवाहरुको सहभागीता रहेको थीयो ।

तपाईको प्रतिक्रिया